तपाईँ सुन्दै हुनुहुन्छः

आमा समूहलाई फेन्सी चप्पल बनाउने तालिम

म्याग्दी । “आमा समूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा आमा समूहलाई १५ दिने फेन्सी चप्पल बनाउने तालिम दिइएको छ ।

बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमा समूहको संयोजनमा २० जनालाई चप्पल बनाउने तालिम दिइएको हो ।

महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले तीन आमा समूहका २० जना दिदीबहिनीलाई चप्पल बनाउने तालिम दिइएको गलेश्वर आमा समूहकी उपाध्यक्ष विन्दु कार्की पुर्जाले बताउनुभयो ।

तालिममा सहभागीहरूले सात किसिमका चप्पल बनाउन सिकेका छन् । गत जेठ २६ गते सुरु भएको १५ दिने तालिमको प्रशिक्षण सम्झना परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button