तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राष्ट्रिय निकुञ्जद्वारा ११ महिनामा ११७ वनजन्य जन्तुको उद्धार 

चितवन । चालु आर्थिक बर्ष ०७९।८० को जेठ महिनासम्म  चितवन राष्ट्रिय निकुञ्जमा ११७ वटा वन्यजन्तुको उद्धार गरिएको छ । निकुञ्जका अनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी अजिङ्गरको उद्धार गरिएको छ । जसअनुसार सो अवधिमा ७४ वटा अजिङ्गर, ११ वटा सर्प, ११ वटा चित्तल, पाँच वटा घडियाल गोहीको उद्धार गरिएको थियो । 

यस्तै निकुञ्जले पांँचवटा गैँडा, चारवटा बाघ, २ वटा कछुवा र एक एक वटा गोहोरो , सुनगोहोरो, सालक , मगर गोही, जरायोको उद्धार गरिएको जनाएको छ । 

कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले ११ महिनामा ती वन्यजन्तुलाई उद्धार गरी निकुञ्जमा छाडिएको जानकारी दिनुभयो ।  वन्यजन्तुलाई  घाइते, बिरामी , बाटो बिराएको  , बाढीले बगाएको र बस्तीमा छिरेको अवस्थामा उद्धार गरिएको तिवारीले बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button