गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेहरूमा शहिदलखन वडा नम्बर ५ भैँसेटोलका वर्ष २४ का वीर बहादुर थापा, वर्ष ६४ का धन बहादुर थापा, वर्ष २५ का प्रविन थापा, वर्ष १८ का निराज थापा र वर्ष १७ की नविना थापा रहेका छन् ।

चालक दोस बहादुर थापा लगायत घाइतेहरू मध्ये ९ जनाको आँवुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिनुभयो ।

घटना लगतै उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय नागरिकहरू, जनप्रतिनिधि खटेका थिए । उद्धारमा खट्ने सबैलाई गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले धन्यवाद दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्