तपाईँ सुन्दै हुनुहुन्छः

दलहरू गम्भीर नबन्दा समितिका सभापतिहरू चयन हुन सकेन : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरू चयनका लागि दलहरू गम्भीर बन्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले समिति सभापति चयनका लागि आग्रह गर्दा पनि राजनीतिक पार्टीहरूले निर्णय दिन नसक्दा ढिलाइ भइरहेको बताउनुभयो ।

सभामुख घिमिरेले गत जेठ १५ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा औपचारिक रूपमै दलहरूलाई समिति सभापति चयनका लागि ७ दिनको समय दिनुभएको थियो  

प्रतिनिधिसभाले गत वैशाख १५ गते १० वटा संसदीय समिति गठन गरेको थियो । सभापति निर्वाचित नसक्दा संसदीय समितिका बैठकहरू ज्येष्ठ सदस्यको अध्यक्षमा बसिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button