तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्ष भित्र नेपाललाई पूर्णरुपमा विद्युतीकरण गरिन्छ : उर्जामन्त्री बस्नेत

file photo

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्र नेपाललाई पूर्णरुपमा विद्युतीकरण गरिने बताउनुभएको छ । 

प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बस्नेतले आर्थिक बर्ष २०८०/८१ भित्र  कोशी, गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेशका सबै भूभागमा शत प्रतिशत विद्युत् पहुँच पुर्‍याउने र आर्थिक वर्ष २०८१/८२ भित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई पनि पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले सिँचाइ नपुगेका क्षेत्र र भूभागलाई  प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले पहाडी क्षेत्रमा टार सिँचाइको सम्भाव्यता अध्ययन गर्ने र अध्ययन भएका क्षेत्रमा टार सिँचाइलाई उच्च प्राथमिकता दिइने बताउनुभयो ।

बैठकमा सांसद्हरुले नदिको संरक्षण र तटबन्धन गर्नुपर्ने, सिँचाई सुविधा नपुगेका ठाउँलाई प्राथमिकता दिनुपर्ने, विद्युत् पहुँच विस्तार र  खपतको मात्र बढाउन ठोस कार्ययोजना ल्याउनुपर्ने र वैकल्पिक ऊर्जा प्रवद्र्धनका उपायहरू अपनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button