तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा स्रोत नखुलेको १५ लाख रुपैयाँसहित दुई युवक पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित २ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय विसुन्द्रप्रसाद चौधरी र मलंगवा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।

उनीहरूलाई आज बिहान भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गर्दा गोरखकाली चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button