सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सवार गाडी दुर्घटना, मन्त्री सहित तीनजनाको अवस्था गम्भीर

बाँके । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी मन्त्री सिंह गम्भीर घाइते हुनु भएको छ ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो । बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते छन् ।
चार जनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्