तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक १५ मिनेट पछि बस्ने गरी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको  आजको बैठक १५ मिनेट पछि बस्ने गरी स्थगित भएको छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय  र शहरी विकास मन्त्रालयले प्रदेशको नाम समावेश नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध जनाउनुभयो । 

सांसद सूर्य थापाले सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम नराखेको भन्दै उक्त मन्त्रालयको शीर्षकगत छलफल कार्यसूचीबाट हटाउन माग गर्नुभयो ।  

सभामुख देब राज घिमिरेले  रुलिङ गरेपनि एमाले सांसदहरूले विरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो  । 

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत शहरी विकास मन्त्रालय,खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button