तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदी तटीय क्षेत्रमा  नमुना वस्ति निर्माण सुरु

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा रहेको सोनापुर गाउँमा एकीकृत नमुना बस्ती निर्माण सुरु गरिएको छ। भीमदत्त नगरपालिका– १३ सोनापुरमा एकीकृत नमुना बस्ती निर्माण सुरु भएको हो ।

वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बोहराको योजनामा नमुना बस्ती निर्माण कार्य अघि बढाइएको छ । स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएपछि उहाँले अति विपन्न  दलित बाहुल्यता रहेको  गाउँ सोनापुरको मुहार फेर्ने उद्देश्यले नमुना बस्ती निर्माणको योजना ल्याएको बताउनुभएको  छ  ।

घाँस, खरका घर हुँदा वर्षातमा डुबान पर्ने, हिउँदमा बस्न नसकिने र अन्य समयमा समेत जोखिमयुक्त बसाइ हुने भएकाले  वडा कार्यालय र स्थानीयको सहयोगमा नमुना बस्ती निर्माण कार्य अघि बढाएको वडाध्यक्ष बोहराले बताउनुभएको छ।

यसै वर्ष १५ जेठ गणतन्त्र दिवसकै दिन सोनापुरकी बेसाहरा वृद्धा अञ्जलादेवी दमाईंको घर निर्माण गरिएको थियो। वडाध्यक्ष बोहराले गरिब, अति विपन्न एवं दलित समुदायको सुरक्षित आवासका लागि बस्ने घरसहित उक्त गाउँमा विकासका पूर्वाधारका योजना सुरु गरिएको बताउनु भएको छ। उहाँले पाँच वर्षमा ३० विपन्न समुदायका घर निर्माण गरिने लक्ष्य रहेको  बताउनु भएको  छ ।  

उहाँले उक्त नमुना वस्तिको विकासको लागि हाट बजार समेत निर्माण गरि सञ्चालन गर्नु भएको  छ । प्रत्येक शनिबार उक्त बस्तीमा स्थानीय बासिन्दाले आफूले उत्पादन गरेको कृषिजन्य वस्तुहरू बिक्री गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button