पहिरोमा फसेका व्यक्तिहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार
पाँचथर । पाँचथरको याङवारक गाउँपालिका १ फेदी स्थित पहिरोमा परि फसेका १२ जना व्यक्तिहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ।
०३ गते राती परेको अविरल वर्षाको कारण पहिरोमा परि फसेका १२ जना व्याक्तिहरूलाइ आज बिहान १०ः३० बजेको समयमा उद्धार गरी याङवारक च्याङथापु स्थित विष्णु मा.वि. मा ल्याई सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

जिल्ला पाँचथर याङवारक गापा १ बस्ने वर्ष ६० नरमाया गुरुङ ,निजको नाती वर्ष १६ को सन्दिप गुरुङ ,निजको नातिनी वर्ष ९ कि हिमा गुरुङ ,सोही स्थानर्का ८० वर्षका कृष्ण बहादुर गुरुङ ,निजको श्रीमती वर्ष ६० कि डिक माया गुरुङ ,निजको छोरा वर्ष ३५ को काजुहाङ गुरुङ , निजको बुहारी वर्ष ३० कि सुनिता गुरुङ ,सोही स्थानका ४३ वर्षका मन बहादुर गुरुङ , निजको श्रीमती वर्ष ४४ कि मन कुमारी गुरुङ ,निजको छोरी वर्ष १६ कि सुस्मा गुरुङ ,सोही स्थानका ७० वर्षका पदम बहादुर खालिङ र निजको श्रीमती वर्ष ६८ कि मन माया खालिङ को उद्धार गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्