तपाईँ सुन्दै हुनुहुन्छः

प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा 

काठमाडौँ । प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी सम्पूर्ण पूरा भएको छ । 

आगामी असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिनुभयो । 

आज बुढानीलकण्ठको ड्रिम गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक अखिल नेपाल खेलकुद महासङ्घले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

प्रतियोगिताको खेलहरू काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित भंगालको सामुदायिक भवनमा हुने आयोजक संघका सचिव राजन लामिछानेले जानकारी दिनुभयो । 

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिता संयोजक समेत रहनुभएका नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले प्रत्येक तौल समूहका विजेतालाई नगद पुरस्कार प्रदान गरिने बताउनुभयो । 

प्रतियोगितामा पुरुषतर्फ ४८ केजी मुनि, ५१ केजी मुनि, ५४ केजी मुनि, ५७ केजी मुनि, ६३ केजी मुनि, ७१ केजीमुनि, ७५ केजी मुनि, ८० केजी मुनि, ८६ केजीमुनि ९२ केजी मुनि र ९२ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

यस्तै महिलामा ४८ केजी मुनि, ५० केजी मुनि, ५२ केजी मुनि, ५४ केजी मुनि, ५७ केजी मुनि, ६० केजीमुनि, ६३ केजी मुनि, ६६ केजी मुनि र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

यस अघिका संस्करणमा ओलम्पिक तौल समूहमा मात्र समावेश गरिए पनि खेलाडीले अन्य तौल समूह पनि खेलाउन आग्रह गरेकाले तौल समूह थपिएको केसीले जानकारी गराउनुभयो । 

नेपाल बक्सिङ सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button