तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा आजदेखि रात्रिकालीन बजार सञ्चालन हुने 

जनकपुरधाम । जनकपुरधाममा आजदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ । 

जनकपुरधाम उद्योग वाणिज्य सङ्घले आज रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा आउन लागेको जनाएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो । 

नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिनुभयो । उहाँले अहिले सुरु गरेपछि बिस्तारै बजार सुधार गर्दै जाने बताउनुभयो । 

जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले धेरै पहिलेदेखि विभिन्न निकायसँग माग गर्दै आएको थियो ।

उद्योगी व्यवसायीको माग बमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा नगरप्रमुख साहले आजदेखि रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गर्नुभएको थियो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै यसले धार्मिक पर्यटकहरूलाई थप आकर्षित गर्ने र यसले आर्थिक अवस्था चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button