तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चीनको छेन्दुबाट हुने पक्का, पायो चार्टर उडानको अनुमति

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  अन्तर्राष्ट्रिय उडान हुने पक्का भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले असार ६ का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ ।पोखराको फेवातालमा हुने नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने चिनियाँ खेलाडीहरू बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

पोखराबाट विभिन्न देशमा सीधा उडान भर्न थाई स्माइल, जजिरा, साउर्थन चाइनालगायतले चासो देखाएर अध्ययन गरिरहेको बताए पनि उडान भने सुरु भएको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button