तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएपछि कार्कीले आजै सर्वोच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा उहाँकै संयोजकत्वमा बनेको न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा बसेर बनेको कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोकन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौँ ।”

उहाँले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काज लगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताउनुभयो । प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिको विषय सम्बोधन गर्न, न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button