तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश: ६२ अर्ब ७० करोड बढीको बजेट सार्वजनिक (पूर्णपाठ)

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख बढीको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आज प्रदेश सभामा आगामी आर्थिक वर्षको आय–व्ययसहितको बजेट सार्वजनिक गर्नुभएको हो ।

कुल विनियोजनमध्ये चालुतर्फ ४२.५८ प्रतिशत, पुँजीगततर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.८ प्रतिशत रहेको छ । जस अनुसार चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ रु. ५० करोड रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरेको छ ।
पूर्णपाठः

प्रतिक्रिया राख्नुहोस्

Back to top button