तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको तारपट्टीमा रहेको कपडा पसलमा आगलागी लाखौँको क्षति

जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिकामा रहेको होलसेल कपडा पसलमा आज बिहान आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

सो नगरपालिका वडा नंं ७ स्थित तारापट्टी चोकमा रहेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ७५–८० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । क्षतिको विवरण सङ्कलनको काम जारी नै रहेको छ ।

तरापट्टीका अकबर नदाफले सञ्चालन गरेको पसलमा आगलागी भएको खबर प्रहरीले ३ः३० मा भएपछि जनकपुरधाम, धनुषाधाम र सवैलाबाट आएको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासीको सहयोगमा ५ः१० मा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनु भएको छ ।

स्थानीय रामबाबु साहको घरमा सञ्चालनमा रहेको सो कपडा पसल होलसेल पसल रहेको तारापट्टी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनाथ यादवले जानकारी दिनु भएको छ ।

विवाहको समय भएको कारणले राति ११ बजेसम्म पसल खुल्ला नै रहेकामा कुन समयमा आगो लागेको थियो त्यो खुल्न नसकेको प्रहरीले जनाउँदै ३ः३० बजे पसलबाट धुवाको मुस्लो देखेपछि दमकललाई खबर गर्ने काम भएका थिए ।

पसलमा भएको विद्युतका मिटर पनि जलेका कारणले विद्युत् सर्ट भएर नै आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button