सौराहामा विपन्न समुदायका महिलालाई सेनेटरी प्याड बनाउने तालिम शुरु

चितवन । चितवनको सौराहामा विपन्न समुदायका महिलाहरूका लागि जैविक सेनेटरी प्याड बनाउने तालिम बुधवारबाट शुरु भएको छ । ती विपन्न महिलालाई आत्मनिर्भर बनाउन र दैनिक जीवन यापन गर्न सहज होस भन्ने हेतुले तालिम दिन शुरु गरिएको हो ।
तालिमको रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण चौधरीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
वडा नं ६ को आर्थिक सहयोगमा सौराहा सामुदायिक पुस्तकालयले आयोजना गरेको सो तालिममा १० जनाको सहभागिता रहेको थियो । अध्यक्षले विपन्न समुदायको जीवनस्तर उकास्ने योजना सहित तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले सहभागीलाई आफूले आर्जन गरेको सीपलाई आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षक गोमा भण्डारीले सुतीको कपडाबाट जैविक सेनेटरी प्याड बनाउन सिकाउनुका साथै प्रयोग र निर्मलीकरणको बारेमा पनि आवश्यक ज्ञान दिलाउने बताउनुभयो । पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य बबिता चौधरी, वडा सदस्य केशरीमाया सुनार, गोपीकृष्ण विडारी लगायतले तालिमको उपलब्धी बारे धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्