तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क उपचारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन लागिएको छ : मन्त्री बस्नेत

फाइल तस्बिर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सबै अस्पतालमा १० प्रतिशत विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन लागिएको बताउनुभएको छ । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सिंहदरबारमा आज बसेको बैठकमा मन्त्री बस्नेतले वीर अस्पतालमा बर्न वार्डको व्यवस्थाको लागि आउँदो आर्थिक वर्षको बजेटमा रकम छुट्याइसकेको भन्दै पैसा नभएर उपचार नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थामा अन्त्य गरिने बताउनुभयो । 

उहाँले देशैभरका अस्पतालको शय्याको बारेमा जानकारी दिनको लागि अस्पतालले वेबसाइटमा जानकारी दिने व्यवस्थाको सुरुवात भएको पनि समितिसमक्ष जानकारी दिनुभयो । 

मन्त्री बस्नेतले गर्मी बढेसँगै उत्पन्न हुने विभिन्न प्रकारका रोगको निदानका लागि सरकाले उच्च सतर्कता अपनाइएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button