झापामा १० वर्षमा थपियो एक लाख ८५ हजारभन्दा बढी जनसङ्ख्या
भद्रपुर, झापा । एक दशकमा झापाको जनसङ्ख्या १ लाख ८५ हजारले बढेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार झापाको जनसङ्ख्या एक दशकमा एक लाख ८५ हजार ४०४ ले थपिएको हो ।
तथ्याङ्क अनुसार झापाको जनसङ्ख्या ९ लाख ९८ हजार ५४ छ । २०६८ सालको जनगणनामा झापाको जनसङ्ख्या ८ लाख १२ हजार ६५० थियो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार झापामा २ लाख ४५ हजार १४२ घर–परिवार छन् । झापामा परिवारको औसत आकार चार जनाभन्दा बढी छ ।
पहाडी जिल्लाबाट बसाइँ सरेर आउने नागरिकको चाप पनि झापामा छ । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ लगायतका जिल्लाबाट बसाइँ सरेर आउनेहरू पनि उत्तिकै छन् ।
नेपालका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको चौथो जिल्लाका रुपमा झापा पर्दछ ।







प्रतिक्रिया राख्नुहोस्