सरकारले आधारभूत स्वास्थ्य सेवा जनतामा पुर्याउँछ : मन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको चौतारामा आयोजित कार्यक्रममा उहाँले सबै नागरिकलाई सरकारले आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताउनुभयो ।

मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सबै नागरिकको सहज पहुँच पुग्नुपर्ने बताउँदै सरकार यस्ता क्षेत्रको सुधारमा संवेदनशील भएर लागेको बताउनुभयो ।
जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्