तपाईँ सुन्दै हुनुहुन्छः

प्रिन्स र रसिला एसियन गेम्सका लागि छनोट

काठमाडौँ । प्रिन्स दाहाल र रसिला महर्जन यसै वर्षको सेप्टेम्बरमा चीनको गोङ्गजाउमा आयोजना हुने १९ औँ एसियन गेम्सका लागि छनोट भएका छन् ।

नेपाल ब्याडमिन्टन सङ्घले निर्धारित दुई पुरुष र दुई महिलाका लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिका गुरुङ छनोट भएका छन् ।

वैकल्पिक खेलाडीमा पुरुषतर्फ विष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् । चारै खेलाडीको एसियन गेम्सको यात्रा पहिलो हो । एसियन गेम्समा ब्याडमिन्टनको उपलब्धिलाई हेर्ने हो भने पुरुष टिम इभेन्टमा क्वाटर फाइनलसम्मको यात्रा तय गरेको छ ।

छनोट हुन सफल खेलाडीहरूको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले खेलाडीहरूलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button