तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरामा परी मृत्यु भएका १३ जनाका परिवारलाई २६ लाख परिपूरण

मान्मा । कालिकोटमा गत असोजमा बाढी पहिरामा परेर मृत्यु भएका १३ जनाको परिवारले परिपूरण पाएका छन् ।

प्रदेश सरकारमार्फत राष्ट्रिय बीमा कम्पनीमा गरेको सामूहिक दुर्घटना बीमाबापत जनही रु दुई लाखका दरले बीमा रकम प्राप्त गरेका हुन् ।

२३ असोज २०७९ सालमा कालीकोटको तिलागुफा नगरपालिका–४ मा मलामी जाँदा पहिरामा परेर १३ जनाको मृत्यु भएका थियो ।

पहिरामा मृत्यु हुनेहरूमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेशबहादुर शाही, छत्रजङ्ग शाही, परबहादुर शाही र मोतीलाल शाहीका आफन्तले रु दुई लाखको दरले रु २६ लाख रकम परिपूरण स्वरूप उहाँहरूका परिवारलाई हस्तान्तरण गरिएको छ ।

बीमाबापत पीडितका परिवारले पाउने रकम हकवालको खातामा जम्मा गर्ने राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज बिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button