तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देहीकाे दुर्घटनामा एक जनाकाे मृत्यु, पाँच घाइते   

 रुपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ शान्तिकुञ्जमा शनिबार राति भएको सवारी दुर्घटनामा  एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तरगत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो ।

बा २० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार वर्ष ३२ का चालक विकास श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का शुर्दसन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् ।

घाइते पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गाडी अनियन्त्रित भएर सडकको विद्युत् पोलसँगै दिवालमा ठोक्किएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button