तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते

पाल्पा । पाल्पामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

आज दिउँसो तानसेन नगरपालिका १३ रानिमहलमा युपि ५५ वाई ३३०१ नम्बरको भारतीय कार दुर्घटना हुँदा रुपन्देहीका ५० वर्षीय मुद्दिराम मुराउ, भारत उत्तर प्रदेश ढेडेपुरका ६० वर्षीय कृष्णनारायण तिवारी र कार चालक भारत उत्तर प्रदेश ककरहवाका ५२ वर्षीय वीरेन्द्र पाण्डेय घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । कार सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button