मन्त्री शर्मासमक्ष आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार गरेको अन्तिम प्रतिवेदन पेश

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासमक्ष आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार गरेको अन्तिम प्रतिवेदन पेश गरेको छ ।
मन्त्रालयस्थित आज मन्त्री शर्मालाई सुझाव समितिका संयोजक डा. सुरेश आचार्यले सार्वजनिक सेवा प्रसारण विधेयकमाथि गर्नुपर्ने सुधार र सोको पुस्ट्याइँ, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदा, राष्ट्रिय आमसञ्चार सम्बन्धी विधेयकको मस्यौदा, र नेपाल आमसञ्चार प्रशिक्षण प्रतिष्ठानसम्वधी विधेयक मस्यौदा संलग्न रहेको प्रतिवेदन बुझाउनुभयो ।
समितिका संयोजक डा. आचार्यले प्रतिवेदनमा नीतिगत तथा संरचनागत सुधारअन्तर्गत सरकारी सञ्चारमाध्यमको पुनर्संरचना, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल, आमसञ्चार माध्यमका विकास,यस क्षेत्रमा बहुलता, विविधता, र समावेशिताको प्रवर्धन, श्रम समस्याको समाधान, सामाजिक सुरक्षा एवं सूचनाको हक, प्रेस स्वतन्त्रता लगायतका क्षेत्रको विश्लेषण तथा सुझाव गरिएको बताउनुभयो ।
प्रतिवेदन बुझ्दै सञ्चार मन्त्री शर्माले प्रतिवेदनको अध्ययन गरी आवश्यक प्रक्रियाका अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले आमसञ्चारको विकासका लागि समयानुकूल नीति तथा कानुनी परिवर्तनको आवश्यकता रहेको बताउँदै प्रतिवेदनका सुझावलाई अध्ययन गदै आवश्यक प्रक्रियामा लैजाने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्