अत्यधिक गर्मी बढे सँगै कोहलपुरका विद्यालय थप दुई दिन बिदा

बाँके । अत्यधिक गर्मीका कारण कोहलपुर नगरपालिकाले विद्यालयहरूमा थप दुई दिन पठनपाठन बन्द गर्न भन्दै एक सूचना जारी गरेको छ । शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमालद्वारा हस्ताक्षरित सूचनामा मौसम सुधार नभएको जनाउँदै २२ गतेदेखि दिइएको बिदालाई निरन्तरता दिँदै २६ गते शुक्रबार सम्म गर्मी बिदा दिई पठनपाठन स्थगन गर्न भनिएको छ । विद्यालयमा अध्ययन अध्यापन गर्न गराउन कठिनाइ भएको भनी शिक्षक, विद्यालय तथा अभिभावकबाट प्राप्त सूचनाका आधारमा थप २ दिनसम्म बिदा गरिएको हमालले बताउनुभयो ।
वर्षे बिदाबाट कट्टी हुने गरी यही जेठ २२ गतेदेखी २४ गते सम्म गरिएको बिदा शुक्रबार सम्म थप गरिएपछि अब कोहलपुर नगर क्षेत्रका विद्यालयहरूमा आइतबार मात्र पठनपाठन हुनेछ । गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिका, राप्ति सोनारी, खजुरा तथा बैजनाथ गाउँपालिका लगायतका स्थानीय तहले पनि विद्यालय पठनपाठन स्थगन गरिसकेका छन् । पठनपाठन स्थगन भएपनि विद्यालयका प्रशासनिक कामकाज भने सुचारु रहनेछन् ।









प्रतिक्रिया राख्नुहोस्