लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

बाँके । लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ । शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन् ।
दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको हो ।







प्रतिक्रिया राख्नुहोस्