तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक : बजेट माथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेको छ । 

छलफलमा सांसदहरुले देशको आर्थिक अवस्थामा सुधार गर्न देशको पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न सहितको बजेट आउनु सकारात्मक भएको बताउनु भयो । 

सांसदहरुले पुँजीगत खर्च गर्ने कार्ययोजना सहितको बजेट ल्याएको, प्रभावकारी अनुगमन संयन्त्र सहितको प्रतिबद्धता सकारात्मक रहेको त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

सांसदहरुले सबै क्षेत्रको समान रुपमा विकास र पुँजी निर्माण गर्ने महत्वपूर्ण योजनाहरूमा बजेट थप गर्नु पर्नेमा जोड समेत दिनुभयो । 

सांसदहरुले बजेट नागरिकले अपनत्व ग्रहण गर्ने, नेपाली उत्पादन र उत्पादकत्व बढाउने, आर्थिक मन्दीबाट राज्यलाई जोगाउने  र आयात न्युनिकरण गर्ने तर्फ बजेटले विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।

सांसदहरुले स्थानीय तहको वित्तीय हस्तान्तरण प्रभावकारी रुपमा हुनु पर्ने, सन्तुलित र समावेशी रुपमा मुलुकको विकास गर्ने र विकास निर्माणमा विभेद नहुने गरी बजेटलाई सञ्चालन आग्रह गर्नुभयो । 

सांसदहरुले सन्तुलित रुपमा बजेट आउनु पर्ने, जनताले उपयोग गर्ने बस्तुमा कर घटाउनु पर्ने, उद्योग व्यवसायको समस्या समाधान गर्ने, बैङ्क ब्याजदरमा रहेको समस्या हल गर्ने तर्फ पनि बजेटले ध्यान दिनु पर्ने बताउनुभयो ।

सांसदहरुले सङ्घीयताको जगलाई मजबुत बनाउने तथा वित्तीय सङ्घीयतालाई बलियो बनाउने तर्फ बजेटले ध्यान दिन नसकेको र सन्तुलित रुपमा बजेट व्यवस्थापन हुन नसकेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button