तपाईँ सुन्दै हुनुहुन्छः

प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व सङ्कलनमा व्यापक ह्रास

नवलपरासी । पश्चिम् नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा यस आर्थिक वर्षमा लक्ष्य अनुरूपको राजस्व उठ्न सकेन ।
भन्सार कार्यालयले ३३ करोड २६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएपनी झन्डै १० महिनाको अवधिमा जम्मा ८ करोड ९८ लाख १२ हजार मात्र राजस्व सङ्कलन भएको भन्सार प्रमुख बुद्धि कुमार चुडालले जानकारी दिनुभयो ।यो लक्ष्यको ३२.२२ प्रतिशत मात्र हुन आउँछ ।यसर्थ राजस्व सङ्कलनमा भारी ह्रास हुने देखिएको छ ।

गतबर्षको तुलनामा यसबर्ष यस नाकाबाट मालसमानको निकासी पैठारी कम भएका कारण लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।मुलत:खाधान्नका लागि प्लान्ट क्वारेन्टाइन नहुँदा अपेक्षित राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।”पहिले व्यापक रुपमा चिनी भित्रिने गरेको थियो अहिले भारतले निषेध गरेका कारण र अर्कातिर यो भन्सारमा धानको कोटा नतोकिएका कारण पनि राजस्व सङ्कलनमा ह्रास आएको छ”भन्सार प्रमुख चुडालले भन्नू भयो ।मुल राजस्व चिनी आयात बाट हुने गरेको भएपनी चिनीको आयात रोकिएका कारण राजस्वमा कमी भएको चुडालको भनाई छ ।

भारतबाट आउने खाद्यान्न,तरकारी,फलफूल र अन्य विषादी परीक्षणका लागि प्लान्ट क्वारेनटाइनको व्यवस्था नभएकाले लक्ष्य हासिल गर्न नसकिएको कार्यालयका नायब सुब्बा सुवास पौडेलले बताउनु भयो।

मन्त्री परिषद्को २०७८/०६/०७ को निर्णय अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्लान्ट क्वारेन्टाइन राख्ने निर्णय भएपनी अझै सम्म कार्यान्वयन हुन सकेको छैन ।

महेसपुर भन्सार मुल भन्सारको रुपमा स्तरोन्नति भइसकेको झन्डै ४/५ बर्ष बित्दा समेत अझै थुप्रै पुर्वाधारहरुको विकास हुन बाकी नै देखिन्छ । भन्सारका लागि करिब २ बिगाहा जग्गा, सडक सञ्जालको बिस्तार, कार्यालय भवन, जाँचकी कक्ष, प्लान्ट क्वारेनटाइन, गोदाम लगायतका पूर्वाधारहरू थप्न बाकी रहेको छ ।भन्सारको आवश्यक पूर्वाधार तयार गरी स्तरोन्नतिकालागि सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिरहेको कार्यालय प्रमुख बुद्धि कुमार चुडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button