तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछ : नेटो प्रमुख

ब्रसेल्स। नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन  (आक्रमण) भएकामा निन्दा गर्नुभएको छ । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उहाँको टिप्पणी छ ।

“काखोभका बाँधको विनाशले आज हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्याेएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ,” स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गर्नु भएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button