तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान र सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताउनुभएको छ ।

file photo

प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकै पुरानो त्रिभुवन विश्वविद्यालयलाई ‘एक्सलेन्स’ सेन्टरका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । नेता निधिले बाँकी आङ्गिक र सम्बन्धप्राप्त क्याम्पसलाई नयाँ विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने बताउनुभयो ।

बजेटको अनुसूचीमा धेरै संस्थाका पुनः संरचनाको विषय राखिएको भए पनि त्रिविको पुनः संरचना गर्ने विषय नसमेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button