माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
कैलाली । माटोको ढिस्कोले पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ ।
गौरीगङ्गा नगरपालिका ९ बन खेतका गणेशबहादुर बोहराकी श्रीमती ३८ वर्षीया रंगादेवी बोहराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
घरदेखि दक्षिणतर्फ रहेको शिवशङ्कर सामुदायिक वनभित्र माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को आई पुरिँदा घाइते भएकी बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्