तपाईँ सुन्दै हुनुहुन्छः

करका दर हेरफेरको विषयमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष ओली 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा उठेका विषयमा प्रश्न गर्दै सरकारले यस विषयमा गम्भीर बन्नु पर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट माथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले बजेटले जनताका हितलाई केन्द्रमा राखेर जनताको जीवनस्तरमा परिवर्तन गर्ने गरी आउन नसकेको बताउनुभयो । 

अध्यक्ष ओलीले नागरिकका कठिनाइ समाधान गरी गरिबी लगायतका समस्यासँग सशक्त ढंगले जुधेर नागरिकको जीवनस्तर सुधार गरेर अगाडी बढ्ने कुरामा बजेट बेखवर रहेको आरोप लगाउनु भयो ।

उहाँले बजेटले मुख्य रुपमा नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनु पर्ने भन्दै  पन्ध्रौँ पञ्चवर्षीय योजनाको यो अन्तिम वर्ष भएकाले त्यो पुरा गर्ने अगामी १६ औँ पञ्चवर्षीय योजनाको सुरुवातका लागिसमेत स्पष्ट खाका तयार गर्न सक्नु पर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button