वातावरणीय स्वच्छताका लागि प्रविधिको विकास र यसको उचित प्रयोग हुन आवश्यक : मन्त्री महतो

काठमाडौँ । बन तथा वातावरण मन्त्री विरेन्द्रप्रसाद महतोले वातावरणीय स्वच्छताका लागि प्रविधिको विकास र यसको उचित प्रयोग हुन आवश्यक रहेको बताउनुभयो ।
आज विश्व वातावरण दिवसका अवसरमा बन तथा वातावरण मन्त्रालय वातावरण विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री महतोले प्रविधिको विकाससँगै प्लाष्टिकजन्य बस्तु प्रयोगमा न्युनिकरण गर्न तथा प्लाष्टिक प्रयोगको वैकल्पिक उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, मन्त्री महतोले वातावरणीय स्वच्छता कायम गर्न एक निकाय मात्र नभई सबै जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो ।
प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले वायु प्रदूषण नियन्त्रणमा सामूहिक प्रयासको खाँचो रहेको बताउनुभएको छ ।

दिवसको अवसरमा वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार–२०७९ बाट रेडियो नेपालकर्मी बालिका मादेनसहित राष्ट्रिय समाचार समितिका भिष्मराज ओझा, कान्तिपुरकर्मी गोविन्द पोखरेल पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।
वातावरण संरक्षणको क्षेत्रमा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै वातावरण विभागले ५० हजार नगदसहित सम्मान गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्