तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा पिकअप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित लौकठमा पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान बरहथवा नगरपालिका–१६, लौकठमा भएको पिकअप दुर्घटनामा बारा महागढिमाई नगरपालिका–८, बस्ने २० वर्षका सचिव पासवानको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि हरिवन नगरपालिकास्थित नयाँ रोडमा रहेको दयन्ती अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बिहान बरहथवाको हिरापुरबाट चक्रघट्ट जाँदै गर्दा प्रदेश २–०३–००१ ख ३५२३ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो । दुर्घटनामा पिकअपमा सवार सोही स्थानका १४ वर्षका विसोक पासवान र १३ वर्षका विवेक पासवान समेत घाइते भएका प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइते दुवै जनाको हात, खुट्टा र टाउकोमा सामान्य चोट लागेको र उनीहरूको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिनुभयो । उक्त पिकअपमा सवार अन्य ४ जना सकुसल रहेको प्रहरीले जनाएको छ । 

घटना लगतै प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 

मृतक पासवानको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button