राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगर विजयी (फोटो फिचर)

काठमाडौँ । नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि जित्नु भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गर्नु भएको हो । उपाधिसँगै टाइगर १ लाख ५५ हजार नगद पुरस्कृत हुनु भएको हो ।
नेपाल रिङ रेस्लिङ सङ्घद्वारा आयोजित प्रतियोगिता हार्डकोरमा साइनले चट्टानलाई हराउँदै १ लाख २५ हजार पुरस्कार हात पर्नुभएको थियो । ट्याग टिम म्याचमा एक्स हिरो/सीजे वर्ल्डले टुप्पी ग्याङलाई हराएर १ लाख पुरस्कार प्राप्त गर्नुभयो। लाइटवेट म्याचमा सुजल च्याम्पियन हुनु भएको थियो। वहाँले ६५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।
महिलाको एकमात्र स्पर्धा लाइटवेट म्याचमा आकृतिले तनुलाई हराउनुभएको हो । आकृतिले ८० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
विजयी विजेताहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा, आयोजक नेपाल रिङ रेस्लिङ संघका कार्यवाहक अध्यक्ष योगेश्वर श्रेष्ठ, महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो ।
फोटो फिचर :























प्रतिक्रिया राख्नुहोस्