बारा, पर्सा, रौतहटका विद्यालय एक साताका लागि बन्द
वीरगञ्ज । बिहानैदेखि प्रचण्ड गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित भएसँगै बारा, पर्सा, र रौतहटका सामुदायिक र संस्थागत विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।
वीरगञ्ज लगायत बारा, पर्सा, रौतहट जिल्लामा ४२ डिग्री भन्दामाथि तापक्रम पुगेसँगै विद्यालय बन्द गरिएको हो ।
गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएपछि विद्यालय बन्द गर्नुको विकल्प नरहेको वीरगञ्जस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल रामकिशोर यादवले बताउनुभयो ।
गर्मी बढेसँगै चिकित्सकहरूले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न सुझाव दिएका छन् ।
यस्तै, प्रशस्त मात्रामा पानी पिउन तथा पानी पाइने फलफूल खान, खेतबारीका काम बिहान बेलुका मात्रै गर्न चिकित्सकहरूको सुझाव छ ।







प्रतिक्रिया राख्नुहोस्