तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा विविध कार्यक्रमसहित १६औँ गणतन्त्र दिवस मनाइयो

धनगढी । सुदूरपश्चिम प्रदेश मुकाम धनगढीमा आज विविध कार्यक्रमसहित १६औँ गणतन्त्र दिवस मनाइएको छ । 

नेपाली जनताको ऐतिहासिक सङ्घर्षबाट प्राप्त उपलब्धिको दिनका रुपमा आज जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ । 

प्रदेश गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । समारोहमा प्रदेश प्रमुख देवराज जोशीको प्रमुख जोशी, सभामुख, मन्त्रीगण, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो । 

त्यसअघि धनगढी चौराहबाट प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्म प्रभातफेरी निकालिएको थियो भने चटकपुरमा शहीदप्रति माल्यार्पण गरिएको थियो । 

यसैबीच सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र दिवसका अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । 

आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै प्रदेशलाई समृद्ध प्रदेश निर्माण अभियानमा गणतन्त्र दिवसले थप ऊर्जा प्रदान गर्नेछ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button