तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्को संयुक्त बैठक: संयुक्त समिति (कार्य सञ्चालन) नियमावली बहुमतले पारित 

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० बहुमतले पारित भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको दुवै सदनको संयुक्त बैठकले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली,२०८० बहुमतले पारित गरेको हो ।

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस् भनी सभासमक्ष पेश गर्नुभएको थियो ।

बैठकले सांसद डा.अमरेशकुमार सिंह, प्रभु साह, सुमोना श्रेष्ठ, डा.विमला राई पौड्याल, र प्रेम सुवालले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथि पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकार गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button