तपाईँ सुन्दै हुनुहुन्छः

‘शासन प्रशासनमा सबै वर्गको अधिकार ग्यारेन्टी गर्नुपर्दछ’

बारा । नेपाली काँग्रेसका सह– महामन्त्री फरमुल्लाह मन्सुरले संविधान संशोधन गर्न माग गर्नुभएको छ ।

नेपाल मुस्लिम संघ बारा जिल्ला अधिवेशनको कलैयामा उद्घाटन गर्दै मन्सुरले राज्यको हरेक निकायमा समावेशिताको आधारमा शासन र प्रशासनमा प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो ।

संविधानमा मुस्लिम, दलित, थारु, जनजाति, महिला, सीमान्तकृत, पिछडिएका वर्गका अधिकारको ग्यारेन्टी गरिए पनि व्यवहारमा उतार्न नसकिएको र त्यी वर्गको उत्थान नभएसम्म देश समृद्धको बाटो जान नसक्ने मन्सुरले बताउनुभयो ।

नेपाली काँग्रेस पार्टी तराई मधेसलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढिरहेको जानकारी दिँदै मधेसको मुक्ति नेपाली काँग्रेसले गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button