तीन दल बैठकः सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादपछि अवरुद्व संसद खुलाउन बसेको बैठकले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने समझदारी गरेको छ ।
सहमतीसँगै आजै प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन सम्वोधन गर्ने सहमति शीर्ष नेताहरुबीच भएको छ ।
प्रतिनिधिसभामाकाे सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलहरीबारे उठेका प्रश्नबारे पनि स्पष्ट पार्ने सहमती भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पार्ने गिरीले जानकारी दिनुभयो ।
बैठकमा आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्