तपाईँ सुन्दै हुनुहुन्छः

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । डा चन्द्रकान्त राउत (सिके राउत)ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । 

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ । 

यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button