भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न रास्वपा सभापति लामिछानेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्नु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा सभापति लामिछानेले भ्रष्टाचारका आरोपमा राजनीतिक दलका नेताहरू नाम आएको भन्दै संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुभयो ।
सभापति लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरू सबै छानबिनको दायरामा आउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै नाम आएकाहरूलाई छानविन गर्न आग्रह समेत गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्