अटिजम भएका बालबालिकालाई ई–रिक्सा

चितवन । भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा रहेको बालकुमारी सुस्त मनस्थिति केन्द्रलाई ई–रिक्सा प्रदान गरिएको छ ।
मङ्गलवार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले विद्यालयलाई ई–रिक्सा प्रदान गर्नुभएको हो । ई–रिक्सा मूल्य अभिवृद्धि करसहित रु ४ लाख २५ हजारमा खरिद गरिएको हो ।
भरतपुरमा सञ्चालनमा आएका अटिजम विद्यालयहरू बालकुमारी स्कुल बाहेक सबै आवासीय सुविधाका छन् । बालकुमारीमा अध्ययन गर्ने अटिजम विद्यार्थीहरूलाई आवतजावत गर्न समस्या भएकाले ई-रिक्सा प्रदान गरिएको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरमा नारायणी मावि, चितवन मावि,श्रीपुर मावि, आधारभूत विद्यालय धनौजी तथा भरतपुर बालमन्दिर अटिजम विद्यालयमा स्रोत केन्द्र सञ्चालनमा छन् ।
भरतपुर महानगरपालिकाले विद्यार्थीहरूलाई अध्ययनमा सहजताका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
महानगरले विद्यार्थीहरूलाई न्यानो कपडा, छात्रालाई साइकल, विभिन्न छात्रवृत्ति दिने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्