तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री जोशीको पहिलो निर्णय : गर्भवती महिलालाई निःशुल्क हवाई उद्धार

चितवन । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले आइतबार पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरूको ज्यान जाने जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताउनु भयो ।

मन्त्रीको कार्यभार सम्हालेसँगै आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्ने उहाँको भनाइ छ । स्वास्थ्यमन्त्री नियुक्त भएपछि उहाँले चितवन आएर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेर कामको शुरुवात गर्नुभएको थियो ।

आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली काँग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button