साकेला, केलाङ उभौली महोत्सव

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लेउती रहेको सिंहदेवी सिंहसिला, साकेला केलाङ पार्कमा एक दिने सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।
पार्कमा साकेला, केलाङ, उभौली पूजाको अवसरका महोत्सवको आयोजना गरिएको हो । लेउती जलाधार प्राकृतिक–सांस्कृतिक प्रवद्र्धन समितिको आयोजनामा भएको महोत्सवमा किँरातीहरुको विभिन्न सांस्कृतिक झाँकी सहित साकेला नाच र ढोल नाच प्रस्तुत गरिएको थियो ।

आ–आफ्नो कला संस्कृतिलाई जोगाई राख्न साथै पर्यटनहरूलाई आकर्षित गर्न पार्क निर्माण गरिएको र साकेला, केलाङ उभौली सांस्कृतिक महोत्सवको आयोजना गरिएको लेउती जलाधार प्राकृतिक-सांस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलबहादुर राईले बताउनुभयो ।
महोत्सवको उद्घाटन गर्दै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले किराँतीहरूको बहुसाँस्कृतिक स्थलको प्रदर्शन साथै निर्माणका कारण पर्यटनहरू आकर्षित हुने बताउनु भयो। उहाँले पर्यटकहरूको आगमनले आर्थिक वृद्धि साथै कला संस्कृति संरक्षणमा टेवा पुग्ने बताउँदै यस्ता पार्कहरू निर्माणमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्