तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टाबाट आयात–निर्यात हुने तेस्रो मुलुक भुटानसँग एक खर्बभन्दा बढीको व्यापारमा घाटा

भद्रपुर, झापा ।  पूर्वी नाका काँकडभिट्टाबाट आयात–निर्यात व्यापार हुने तेस्रो मुलुक भुटानसँगको व्यापारमा नेपालले लगातार घाटा व्यहोरिरहेको छ । 

विगत पाँच वर्षमा नेपाललाई रु. एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा भएको पाइएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि चालू आव २०७९÷०८० को वैशाख मसान्तसम्ममा काँकरभिट्टा नाका भएर भुटानबाट रु. एक खर्ब ७७ अर्ब ५९ करोड ७५ लाख ४० हजार मूल्य बराबरको मालसामान नेपालमा आयात भएको छ भने सोही अवधिमा नेपालबाट भुटानतर्फ  रु. रु. ५० अर्ब ७५ करोड ९२ लाख तीन हजार मूल्य बराबरको मात्र निर्यात भएको छ । 

भन्सारको पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपाल र भूटानबीचको व्यापारमा नेपालले आफ्नो उत्पादन निर्यातको तुलनामा तीन गुणाभन्दा बढी मालसामान आयात गरिरहेको देखिन्छ ।

बङ्गलादेशपछि भूटान नेपालको नजिक दूरीको तेस्रो मुलुक हो । पूर्वी नाका काँकडभिट्टाबाट नेपालसँग भूटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button