तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले सत्ता स्वार्थका लागि कसैसँग सहकार्य गर्दैन : अध्यक्ष ओली 

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्तै गम्भीर र जटिल भए पनि सत्ताधारी दलहरूले सामान्य रुपमा लिइरहेको आरोप लगाउनुभएको छ । 

३० औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बिहान मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशलाई विकासको गतिमा कसरी अघि बढाउने भन्ने तर्फ सरकारले ध्यान नदिएको बताउनुभयो । 

कार्यक्रममा अध्यक्ष ओलीले  सत्तागठबन्धन दलहरू नीति, उद्देश्य र गन्तब्यविहिन रहेको टिप्पणी गर्नुभयो ।  

एमालेले सत्ता स्वार्थका लागि मात्रै कसैसँग सहकार्य नगर्ने स्पष्ट पार्नुहुँदै उहाँले देश, जनता, परिवर्तन र सुशासनको लागि एमाले अग्रमोर्चामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button