तपाईँ सुन्दै हुनुहुन्छः

म्यानमारमा शक्तिशाली चक्रवात मोखाका कारण मृत्यु  हुनेको सङ्ख्या ४० नाघ्यो 

काठमाडौं ।  म्यानमारमा शक्तिशाली चक्रवात मोखाका कारण मृत्यु  हुनेको सङ्ख्या ४० नाघेको छ । 

२ सय ९ किलोमिटर प्रतिघण्टाको वेगमा आएको यो चत्रवात शताब्दीकै शक्तिशाली भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । मृत्यु हुने अधिकांश राखिन प्रान्तका रहेका बिबिसीले उल्लेख गरेको छ । 

आन्तरिक रूपमा विस्थापित भएका अल्पसङ्ख्यक रोहिंगा समुदायका शिविरहरूमा पनि चक्रवातले ठूलो क्षति पु¥याएका  कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका  छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button