मधेश प्रदेश सभाबाट खेलकुद सम्बन्धी विधेयक पारित
जनकपुरधाम । मधेश प्रदेश सभाको आज बसेको बैठकले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवका तर्फबाट अर्थमन्त्री संजय कुमार यादवले उक्त विधेयक प्रदेश सभाको बैठकमा पेश गर्नुभएको थियो । प्रदेश सभामा विधेयक माथि सामान्य छलफल भई बहुमतबाट पारित भएको हो ।
मधेश प्रदेशका उपसभामुख बविता राउत ईसरले प्रदेश सभामा विधेयकमाथिको सामान्य छलफलपछि निर्णयार्थ पेश गर्नु हुँदा बहुमतले पारित गरेको थियो ।
प्रदेश सभाको अर्को बैठक जेठ ४ गते बिहीबार दिउँसो २ बजे छ ।








प्रतिक्रिया राख्नुहोस्